• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

आज मंसिर १२ गते बुधबार, यस्तो छ तपाइको राशिफल

  • खबरदाता

आज मंसिर १२ गते बुधबार, यस्तो छ तपाइको राशिफल

आज २०८१ साल मंसिर १२ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर २७ तारिख। द्वादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन सामान्य छ। अरुका कुरा सुनेर मन पोल्नेछ। नराम्रो साथी संगत गर्न नजिक हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष – शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। विपक्षीले अनावश्यक अवरोध गर्नेछन्। राजनीतिमा अवसर प्राप्त हुनेछ। समाजसेवाको मौका मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन – सञ्चित धनको खर्च हुनेछ। अनुत्पादक क्षेत्रमा लगानी हुने भएकाले खर्च कटौती गर्नु राम्रो हुनेछ। अनावश्यक झन्झटले खान मन नलाग्दा स्वास्थ्य खराब बन्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। लगानी गरेको भए विदेशबाट फाइदा हुनेछ।

कर्कट – दाजुभाइसँग सहमति गरेर अगाडि बढ्ने दिन छ। शिक्षामा गरेको लगानी राम्रो बन्नेछ। वैदेशिक रोजगारीमा मन गए पनि घाटा हुनेछ। विदेशमा गरेको लगानी दलालले खाने जोखिम रहेको छ। बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह – समय तपाईं अनुकुल रहेको छ। आजको निर्णय दीर्घकालीन बन्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा समस्या हुने दिन छ। साथीभाइसँगको भेटले मनमा उत्साह मिल्नेछ।

कन्या – दिन राम्रो छ। लगानीका क्षेत्र सबल रहेका छन्। स्वास्थ्यमा सुधार हुने योग छ। साथीको साथले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला – अनुत्पादक क्षेत्रको खर्चले गर्दा परिवारमा खटपटी हुने जोखिम रहेको छ। स्वदेशी भन्दा विदेशको स्रोतबाट फाइदा हुनेछ। परिवारका सदस्यले भन्दा बाहिरका मान्छेले प्रशंसा गर्ने दिन छ।

वृश्चिक – ११ औं स्थानमा चन्द्रमा पुगेका छन्। लगानीका स्रोत सबल रहेका छन्। साना कुराले मनमा छटपटी हुनसक्छ। अरुको कुरा सुनेर भन्दा निर्णय गर्नु अगाडि विवेक प्रयोग गर्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ।

धनु – तपाईंको बोलीको प्रभावले ठुलाठुला काम बन्नेछन्। तपाईंले आफ्नो बोलीलाई परोपकारमा उपयोग गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यले साथ दिनेछ। सोचेको काम बन्नेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

मकर – अन्त्य साढेसाती दशा चलिरहेको छ। कुण्डलीमा शनिदेव बसे अनुसारको सफलता प्राप्त हुनेछ। परिवारबाट असहयोग हुने जोखिम छ। बाहिरका साथीले भने साथ दिनेछन्। समकालीन साथीसँग सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ – दिन सामान्य छ। साना कुराले मन चञ्चल हुनेछ। साथीसँग राम्रो बोले पनि अर्थ गलत लाग्ने भएकाले थोरै बोल्दा जितिने छ। स्वदेशमा रोजगारीका विकल्प देखेर मन खुसी हुनेछ।

मीन – दिन सामान्य छ। आफ्नो बोलीलाई टुंगो गर्न नसक्दा पश्चाताप हुनसक्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मनमा शान्ति मिल्नेछ।

  • प्रकाशित मिति : मंसिर १२, २०८१, बुधवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८