• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

आज मंसिर ६ गते बिहीबार, यस्तो छ तपाइको राशिफल

  • खबरदाता

आज मंसिर ६ गते बिहीबार, यस्तो छ तपाइको राशिफल

आज २०८१ साल मंसिर ६ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर २१ तारिख। षष्ठी तिथि। विश्व टेलिभिजन र दर्शनशास्त्र दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

यस्तो छ  आजको फलादेश:

मेष – सञ्चित धन खर्च हुने भएकाले सचेत बन्नुपर्नेछ। तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृष – दिन राम्रो छ। आज सुरुवात गरेका काम दीर्घकालसम्म रहनेछन्। प्राविधिक शिक्षामा प्रगति हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा शान्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा भने तपाईंले सेवाको अवसर प्राप्त गर्नुहुनेछ।

मिथुन – धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाका क्षेत्रमा जोस र जाँगर बढ्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कट स् सोचेका काम पूरा हुनेछन्। कानुनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। शिक्षामा जाँगर बढ्नेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। विपक्षी शान्त भएकाले काम बन्नेछ।

सिंह – अचानक धन खर्च हुनसक्छ। साथीको सहयोग र सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। कला प्रदर्शन गर्ने समय छ। काम गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु राम्रो हुनेछ।

कन्या – दिन राम्रो छ। परिवारमा जमघट हुनेछ। साथीभाइसँग भेट हुनेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका तर्फबाट भयको जोखिम छ। सल्लाह लिएर गरेको कामबाट फाइदा हुनेछ।

तुला – बौद्धिक क्षेत्रमा नाम र दाम दुवै रहनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृश्चिक – दिन राम्रो छ। साथीसँगको भेटले मन शान्त बन्नेछ। बौद्धिक मानिससँगको भेटले मनमा उत्साह मिल्नेछ। परिवारको झन्झटले मन अशान्त हुनसक्छ। धार्मिक अभियान्तसँगको भेटले मन शान्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

धनु – ठुला मानिससँग भेट हुनेछ। बोल्ने कलाको विकास हुनेछ। विपक्षी साथीसँगको प्रतिस्पर्धामा तपाईं अगाडि बढ्ने योग छ। परिवारले तपाईंमाथि विश्वास गर्नेछन्। राज्यको सेवामा भए बढुवा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ।

मकर – लगानी गर्ने कुरामा सचेत बन्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

कुम्भ – शुभ ग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। परिवारसँग बसेर रमाउने समय आएको छ।

मीन – साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। काम गर्नु अगाडि योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा जोखिम हुने दिन छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

  • प्रकाशित मिति : मंसिर ६, २०८१, बिहीवार ०५:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८