• वैशाख १९, २०८३, शनिवार Saturday, 02 May, 2026

आज कात्तिक ३० गते शुक्रबार, यस्तो छ तपाइको राशिफल

  • खबरदाता

आज कात्तिक ३० गते शुक्रबार, यस्तो छ तपाइको राशिफल

आज २०८१ साल कात्तिक ३० गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर १५ तारिख, पूर्णिमा तिथि। गुरु नानक जयन्ती, चतुर्मास व्रत समाप्ति, कार्तिक स्नान समाप्ति, पूर्णिमा व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन राम्रो छ। तपाईंले गरेका काम सहजै अगाडि बढ्नेछन्। इज्जत बढ्नेछ। तपाईंका राशिमा चन्द्रमा पुगेकाले तपाईंको प्रशंसा हुनेछ। बौद्धिक क्षेत्रका साथीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष – तपाईंको बोलीले साथी टाढा हुनसक्छन्। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा मन जानेछ।

मिथुन – दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको यात्रा तय हुनेछ। शुभ कार्यमा सहभागी हुने मौका मिल्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

कर्कट – मन अशान्त बन्नेछ। मंगल चौथी पारेर दुबो चढाउनु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। विपक्षी एकजुट भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन आएको छ। राज्य र परिवारको तर्फबाट राम्रो साथ र सहयोग मिल्नेछ।

सिंह- दिन सहज छ। सोचेका काम सहजै बन्नेछन्। वैदेशिक रमझमले मन तान्नसक्छ। लगानी भए फाइदा हुनेछ। बौद्धिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। आफन्तसँगको भेटघाटमा रमाउने दिन छ।

कन्या – दिन राम्रो छ। विदेशमा रहेका साथीको माया पाइनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा रोगले सताउने जोखिम हुन्छ। शिक्षाको क्षेत्रमा उपलब्धि प्राप्त गर्न कठिन हुने समय छ।

तुला – दिन सहज छ। तपाईंले आज गरेको काम दीर्घकालीन बन्नेछ। महत्त्वपूर्ण निर्णयका लागि परिवारको साथ लिनु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा विपक्षीबाट जोगिएर काम गर्नुपर्ने समय छ।

वृश्चिक – दैनिक काम सामान्य ढंगले चल्नेछन्। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। साथीहरु तपाईंको विरुद्धमा सक्रिय हुनेभएकाले कम बोल्नु राम्रो हुन्छ। सानो कुराले ठुलो झन्झट आइपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। एकल निर्णयमा भन्दा परिवारको साथमा अगाडि बढ्नु राम्रो हुन्छ।

धनु – दिन राम्रो छ। नीति क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल हुने योग छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर – साथीहरु टाढा हुने जोखिम छ। बोल्दा सचेत बन्नुपर्ने समय आएको छ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। बौद्धिक क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कुम्भ – शुभग्रहको बहुमत रहेकाले दिन सहज छ। साथी र संगठनमा तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार आउने छ। बिहान शिवको भजन सुन्नसकेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन – आम्दानी भन्दा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। व्यापारको सुरुवात गरेमा स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ। प्राविधिक क्षेत्रमा तपाईंले उपलब्धि प्राप्त गर्नु हुनेछ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०८१, शुक्रवार ०६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८