• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

लुम्बिनीमा विपद्‌बाट पाँच करोडभन्दा बढी क्षति

  • रासस

लुम्बिनीमा विपद्‌बाट पाँच करोडभन्दा बढी क्षति

तुलसीपुर । लुम्बिनी प्रदेशमा विभिन्न विपद्‌बाट पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म रु पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।

सबैभन्दा बढी रोल्पामा एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उनले जानकारी दिए ।

लुम्बिनीमा चार सय ५२ घटना भएकामा एक सय १४ जनाको मृत्यु भएको छ भने दुई सय २९ घाइते भएका छन् ।

विपद्‌बाट १० जना बेपत्ता भएका छन् भने एक सय १५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताए ।

उनका अनुसार तीन सय २३ संरचनामा आंशिक क्षति भएको छ । लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो ।

पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले बताए ।

  • प्रकाशित मिति : कात्तिक २७, २०८१, मंगलवार ०५:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८