• कात्तिक २८, २०८२, शुक्रवार Friday, 14 November, 2025

भरतपुरमा बलेरोको ठक्करबाट साईकल यात्रीको मृत्यु

  • खबरदाता

भरतपुरमा बलेरोको ठक्करबाट साईकल यात्रीको मृत्यु

बलेरोको ठक्करबाट चितवनको भरतपुरमा एक साइकल यात्रीको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार शुक्रवार दिउँसो अन्दाजी १२ बजेको समयमा भरतपुर – ५ को नयनचोकमा ना ४ च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिंदा पर्सा सखुवापर्सौनी – ४ घर भई हाल गैंडाकोट- ५ वस्ने वर्ष १७ को इशान अन्सारीको मृत्यु भएको हो।

बलेरोले ठक्कर दिएपछी गम्भिर घाइते भएका अन्सारीको उपचारका क्रममा भरतपुरको सरकारी अस्पताल १२:२५ बजे मृत्यु भएको हो।

ठक्कर दिने बलेरो र चालक चितवनको माडी न.पा.३ बस्ने बर्ष २४ को मनोज महत्तोलाई नियन्त्रणलाइ लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : कात्तिक २३, २०८१, शुक्रवार १३:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८