राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समितिको बैठक शनिबार (भोलि) बस्दै छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बैठक सुरु हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा विभिन्न विषयमा छलफल गरिनेछ । समसामयिक राजनीति, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी, स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा बैठकमा छलफल गरिने उनले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछाने भने बैठकमा सहभागी हुने छैनन् । उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८