• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

नारायणगढ-मुग्लिङ सडकखण्डको सत्रकिलोमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु

  • खबरदाता

नारायणगढ-मुग्लिङ सडकखण्डको सत्रकिलोमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु

नारायणगढ-मुग्लिङ सडकखण्डको सत्रकिलोमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

प्रहरीले  जनाए अनुसार  भरतपुर महानगरपालिका-२९ को सत्रकिलो भन्ने स्थानमा  नारायढगढ-  बस र इलेक्ट्रीक  हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को गाडी मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नंको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर-९ बस्ने ४४ वर्षीय सुर्यबिक्रम बिष्टलाई पक्राउ गरेको छ।

माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका(१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ।

हायस चालक र गुरूङको भरतपुर अस्पताल र अन्य तीनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

अन्चाय र जनाको सनाखत हुन बाँकी छ। बसका सहचालक काठमाडौं-३२ बस्ने ३० वर्षीय भोज बिक्रम शाह सामान्य घाइते रहेको जनैएको छ ।

  • प्रकाशित मिति : कात्तिक २३, २०८१, शुक्रवार ०७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८