• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

आज कात्तिक २२ गते बिहीबार, यस्तो छ तपाइको राशिफल

  • खबरदाता

आज कात्तिक २२ गते बिहीबार, यस्तो छ तपाइको राशिफल

आज २०८१ साल कात्तिक २२ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर ७ तारिख। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। छठ पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – साथीभाइ र परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा देखिएको समस्याको सुधार हुनेछ। उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष – साना कुरामा रिस उठ्नसक्छ। रिसलाई नियन्त्रणको प्रयास गर्नु राम्रो हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले सचेत हुनुपर्नेछ। खानपानमा समस्या हुनेछ। राजनीतिक संगठनमा भने सेवाको अवसर मिल्नेछ।

मिथुन – सप्तम भावमा चन्द्रमा पुगेकाले मनमा भएका विकृति हटेर जानेछन्। परिवारभित्र गरेको लगानी नउठ्ने खतरा छ। राजनीतिक संगठनमा गरेको प्रयास सफल नहुने भएकाले सचेत बन्नुपर्नेछ।

कर्कट – आफन्त टाढिने दिन छ। थोरै बोलेर आफन्तलाई खुशी पार्न सकिन्छ। स्वास्थ्य र शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्नेछ। परिवारमा भने तपाईंको भन्दा अरुको कुरा बढी बिक्नसक्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह -दिन राम्रो छ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या – परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज छ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ।

तुला – दिन सहज छ। आफन्तले साथ दिनेछन्। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक – औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। धनस्थानमा रहेका चन्द्रमाले सम्पत्तिको संरक्षणका लागि साथ दिनेछन्। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग मिल्नेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ।

धनु – आफूले नेतृत्व गरेको संस्थामा विरोध हुनसक्छ। तपाईंको पक्षमा बहुमत भएकाले विरोधको स्वर कमजोर हुनेछ। मनमा लागेको कुरामा निरन्तर दिएमा सफलता मिल्नेछ।

मकर – तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। व्यापारमा घाटा हुने योग छ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती हुनसक्छ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

कुम्भ – समकक्षीसँग सहकार्य गर्नु फाइदा हुनेछ। आफूभन्दा ठुलासँग गरेको कारोबारले घाटा हुनेछ। संकटको समयमा आफन्तले साथ दिनेछन्। बिहान शिवको भजन सुनेमा दिन सहज र शान्त बन्नेछ।

मीन- दिन सहज छ। आफ्नो योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुनेछ। काम सुरु नहुँदै विषयवस्तु सार्वजनिक गरेमा धोका हुनेछ। राज्यको तर्फबाट भन्दा निजी लगानीबाट फाइदा हुनेछ। साथीको साथ र सहयोग प्राप्त हुनेछ।

  • प्रकाशित मिति : कात्तिक २२, २०८१, बिहीवार ०६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८