• मंसिर २३, २०८१, आइतवार Sunday, 08 December, 2024

मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

  • खबरदाता

मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

पोखरा – मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका लम्साल पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा लम्साल लामो समयदेखि फरार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।

उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् ।

  • प्रकाशित मिति : कात्तिक २१, २०८१, बुधवार १३:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८