• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

  • खबरदाता

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

देशको पहाडी र मधेशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थाामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशभर पश्चिमी र स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

  • प्रकाशित मिति : कात्तिक १९, २०८१, सोमवार ०७:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८