भक्तपुर । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा आइतबार मोटरसाइकल र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भएको छ ।
भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ख २९९६ नं को मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८प ०५३९ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८