• वैशाख ३०, २०८२, मंगलवार Tuesday, 13 May, 2025

‘द हङकङ सिक्सेस’ : नेपालले अष्ट्रेलियालाई हरायो

  • खबरदाता

‘द हङकङ सिक्सेस’ : नेपालले अष्ट्रेलियालाई हरायो

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियालाई पराजित गरेको छ ।

एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा आज अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो ।

नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै लोकेश बमले ३३ रन बनाए । विवेक यादव र रसिद खानले समान १२-१२ रन बनाउँदा नारायण जोशीले १ रन बनाए ।

बलिङतर्फ नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए । यस्तै, लोकेश बम र विवेक यादवले १-१ विकेट लिए ।

 

  • प्रकाशित मिति : कात्तिक १७, २०८१, शनिवार ०७:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८