• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

गोल विवादले नेपाल र भारतबीचको खेल अवरुद्ध

  • खबरदाता

गोल विवादले नेपाल र भारतबीचको खेल अवरुद्ध

नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनावपूर्ण बनेको छ ।

खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि नेपाली खेलाडीहरुले विरोध गरिरहेका छन् । खेलमा भारतले खेलको ७०औ मिनेटमा गोल गरेर १–० को अग्रता लिएको थियो ।

त्यसपछि खेल शुरु भएपछि नेपालले लगतै गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपालले विरोध गरेको छ । अहिले खेल अवरुद्ध भएको छ र रेफ्रीहरु छलफलमा रहेका छन् ।

रेफ्रीले खेल फेरी शुरु गर्न खोजेपछि नेपालले गोलको मान्यता नदिएको भन्दै विरोध गरिरहेको छ । यसअघि पहिलो हाफमा पनि रेफ्रीले नेपालले पेनाल्टी क्षेत्रमा भएको ह्याण्ड बल दिन अस्वीकार गरेकी थिइन् ।

  • प्रकाशित मिति : कात्तिक ११, २०८१, आइतवार २०:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८