सरकारले सर्वदलीय बैठक बोलाएको छ।
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देखा परेको विपदपछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न सरकारले आइतबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले जानकारी दिएको छ। बैठक सिंहदरबारमा बस्नेछ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अविरल वर्षा, बाढी पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
आइतबार बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८