• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक

  • खबरदाता

नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक

चितवन । हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ(मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्ने जानकारी दिए ।

उनका अनुसार नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए।

उनले अहिले नै सडकमा ठूला पहिरो नगएपनि जोखिम मुल्यांकन गरि लामो दूरीका बसहरु चल्न नदिने निर्णय गरिएको बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि परिरहेको झरीको रेड एलर्ट जोन चितवन परेको छ । यहाँ प्रतिकार्यको लागि तयार रहन पनि सचेत गराइएको छ ।

  • प्रकाशित मिति : असोज ११, २०८१, शुक्रवार १६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८