• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

काठेपुलबाट खसेर मोटरसाइकलचालक बेपत्ता

  • खबरदाता

काठेपुलबाट खसेर मोटरसाइकलचालक बेपत्ता

जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकलचालक बेपत्ता भएका छन् । जिल्लाको पातारासी गाउँपालिका(४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर मोटरसाइकलचालक सोही गाउँपालिका(७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिप्रका जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार बुधबार  बिहान पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो ।

मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका(७ रिनीका का २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको सूचना अधिकारी चन्दले बताए । बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १३, २०८१, बिहीवार ०५:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८