• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

  • खबरदाता

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भएका छन् ।

यही आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन लाने निर्णय भएको थियो ।

१८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले नाम फिर्ता लिएसँगै पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

गत असार १६(२० सम्म काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएका थिए ।

२१ सदस्यी पदाधिकारीमा १८ जनाका लागि निर्वाचन हुने तालिका थियो । तर पाण्डे निर्विरोध भएपछि अब १७ पदाधिकारी पदमा निर्वाचन हुँदैछ ।

  • प्रकाशित मिति : भदौ ११, २०८१, मंगलवार १३:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८