• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सहकारीको रकम दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्छु : रवि लामिछाने

  • खबरदाता

सहकारीको रकम दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम आफूले दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्ने बताएका छन् ।

शनिबार चितवनको डडुवामा आयोजित एक कार्यक्रममा उनले आफूले ऋण लिएको प्रमाण छ भनेर संसद्‌मा आवाज उठाउने नेताले १०६ दिन बित्दा समेत त्यो दिन नसकेको उल्लेख गरे । अझै पनि आफूविरुद्ध कुनै प्रमाण देखिए राजनीति छाड्ने उनको भनाइ थियो ।

उनले भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने पनि बताए । भ्रष्टाचारीलाई जोगाउन हदम्यादसहितको विधेयकलाई बहुमतको बलमा अघि बढाउन खोजिए परिणाम नराम्रो हुने उनले चेतावनी दिए ।

उनले भ्रष्टाचारका विभिन्न फाइललाई आफूले हिम्मतका साथ खोलेकै कारण हदम्यादको विषय आएको जिकिर गरे ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ९एमाले०को सरकारले जनताका पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिए ।

  • प्रकाशित मिति : भदौ ८, २०८१, शनिवार १५:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८