• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

  • खबरदाता

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्यले भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो । भदौ २ गते एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा छापावाल सुन ८०० रुपैयाँले बढेको हो । मंगलबार एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

  • प्रकाशित मिति : भदौ ५, २०८१, बुधवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८