• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

  • खबरदाता

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

चितवन – मोटरसाइकल दुर्घटनामा परि प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ।

चितवन प्रहरीका अनुसार सोमबार राती २:४० बजेको समयमा जिल्लाको खैरहनी न.पा.८ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको बाबा पेट्रोल पम्प नजिक मनोहरीबाट खोलेसिमल तर्फ आउदै गरेको गरेको बा.प्र.०३-००३ प ६३७ नम्बरको मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकल चालकको मृत्यु भएको हो।

चालक लमजुङ राईनस न।पा।६ धमेलीकुवा घर भई रत्ननगर न।पा।१५ खोलेसिमल बस्ने बर्ष ४३ को हेमन्त कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठ मनहरीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार हुन। गम्भिर घाईते श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा राती सवा ३बजे मृत्यु भएको हो। उक्त घटनाको सम्बधमा थप अनुसन्धान भई रहेको ।

  • प्रकाशित मिति : भदौ ३, २०८१, सोमवार ०६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८