• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मेलम्ची र इन्द्रावतीमा बाढीको सम्भावना

  • खबरदाता

मेलम्ची र इन्द्रावतीमा बाढीको सम्भावना

देशका विभिन्न भागमा गएराति वर्षा भएको छ । सिन्धुपाल्चोक, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहालगायत विभिन्न स्थानमा वर्षा भएको छ ।

सिन्धुपाल्चोकको मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रेलगायत आसपासका वर्षामापन केन्द्रमा सामान्यदेखि मध्यम वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको बताएको छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहालगायत मधेस र कोसी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा जलसतह बढ्नसक्ने भएकोले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।

  • प्रकाशित मिति : साउन ३०, २०८१, बुधवार ०६:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८