नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । चारजना चिनियाँ नागरिक बोकेर काठमाडौंबाट रसुवा जाँदै गरेको हेलिकोप्टर काठमाडौं र नुवाकोटको सीमा क्षेत्रमा खसेको थियो ।
नुवाकोट शिवपुरी ७ मा रहेको जंगलको रुखमा हेलिकोप्टर ठोक्किएको बताइएको छ । हेलिकोप्टर दुर्घटनामा चारजना चिनियाँ नागरिकसहित पाइलटको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । एयर डाइनेस्टीका एकजना उच्च अधिकारीले हेलिकोप्टर दुर्घटनामा परेको र सबै यात्रुको निधन भएको बताए ।
एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । मृत्यु हुनेमा एक जना महिला र चार जना पुरुष रहेको नुवाकोटका एसपी शान्तिराम कोइरालाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको छ । कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टरमा चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८