• वैशाख १८, २०८३, शुक्रवार Friday, 01 May, 2026

आज २०८१ साल साउन २१ गते सोमबारको राशिफल

  • खबरदाता

आज २०८१ साल साउन २१ गते सोमबारको राशिफल

 आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष – पुराना साथीसँगको भेटले मनमा ऊर्जा थपिने छ। शिक्षाको ज्योति छर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारको मर्यादामा रहँदा दिन सफल बन्नेछ।

वृष -तपाईंको बोलीको प्रशंसा हुनेछ। तपाईंको काम सफल बन्नेछ। दैनिक काम सहजै बन्नेछ। धन आर्जन गर्न राज्यको सेवा गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सिर्जनात्मक बन्नेछ।

मिथुन – तपाईंका तीन ग्रहको संयोग मिलेको छ। यसले धन आर्जन गर्ने मौका मिल्नेछ। शिक्षामा फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट लाभ हुने दिन छ। धार्मिक क्षेत्रको चर्चाले मन शान्त बन्नेछ। परिवारमा तपाईंको सम्मान हुनेछ। मन चञ्चल हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कट – सञ्चित धनको खर्च बढ्नेछ। धन आर्जन गर्ने बाटोमा अवरोध हुनेछ। साथीसँगको सहकार्यमा गरेको कामबाट लाभ हुनेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारले भने साथ नदिने जोखिम रहेको छ। प्रेम सम्बन्धमा मनमुटाब बढ्ने देखिन्छ।

सिंह – शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा कम बोलेर बस्नु फाइदा हुनेछ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ। आज तपाईंलाई विपक्षी समूहले जालझेलमा पार्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

कन्या – समान्य मेहनतले आर्थिक लाभ हुनेछ। यात्रा गर्न मन लाग्नेछ। सुन्दर बन्नतर्फ ध्यान जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने योग छ। सामाजिक काम गर्दा नयाँ अनुभव प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ।

तुला – तपाईंको कला प्रदर्शन गर्ने दिन छ। धन कमाउने समय छ। संगठनमा तपाईंको कमजोरी पत्ता लाग्नेछ। विपक्षी बहुमत लिएर बस्ने भएकाले काम गर्दा सचेत बन्नु राम्रो हुन्छ। परिवारमा भने मेलमिलाप हुनेछ।

वृश्चिक – सांगठानिक र राजनीतिक क्षेत्रमा तपाईं अब्बल बन्ने दिन छ। बौद्धिक शिक्षामा लगानी गरेको भए नाम र दम प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। स्वास्थ्यको ख्याल नगर्दा रोग बढ्ने जोखिम देखिन्छ।

धनु – झन्झटिलो काममा समय बित्नेछ। आफ्नो कार्यदिशाको विपरीत काम हुँदा मन अशान्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर – राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत जोगाउन खट्नुपर्ने देखिन्छ। एकपछि अर्को विवादको सामना गर्नुपर्ने योग छ। धार्मिक व्यक्तिसँग लिएको परामर्शले काम गर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ – मनमा लागेको कुरा सोचेर बोल्नु राम्रो हुनेछ। संगठित ढंगले जाल बुन्नेहरु तपाईंविरुद्ध सक्रिय छन्। बिहान धार्मिक कार्यमा सहभागी भए परिवारमा मेलमिलाप हुनेछ। साउनको समेबार भएकाले पिपलको पूजा गर्नु राम्रो हुनेछ।

मीन- नयाँ ठाउँमा घुम्ने रहर बढ्नेछ। परिवारमा भन्दा बाहिरबाट प्रशंसा मिल्ने दिन छ। कला र गलाको माध्यमबाट नामसँगै दाम पनि प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

  • प्रकाशित मिति : साउन २१, २०८१, सोमवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८