• जेठ १०, २०८२, शनिवार Saturday, 24 May, 2025

यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षा

  • खबरदाता

यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेस प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

२४ घन्टामा कहाँ कति पानी पयो?
पछिल्लो २४ घन्टामा दैलेख, सिन्धुपाल्चोक, दोलखामा भारी वर्षा भएको छ। दैलेखको कट्टीमा ९० मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको बाहुनेपाटीमा ७३.४, गोबरेमा ५८.८, बाँसखर्कमा ६५.६ मिलिमिटर वर्षा भएको छ। उत्तरी गोरखाको बारपाकमा ५१ मिलिमिटर वर्षा भएको छ। दोलखाको सिँगटीमा ५२ मिलिमिटर वर्षा मापन भएको छ।

  • प्रकाशित मिति : साउन १४, २०८१, सोमवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८