• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

गायिका मेनुका पौडेललाई ‘धर्मदर्शन कला–संस्कृति पुरस्कार २०८१’ प्रदान

  • खबरदाता

गायिका मेनुका पौडेललाई ‘धर्मदर्शन कला–संस्कृति पुरस्कार २०८१’ प्रदान

चितवन – चर्चित गायिका मेनुका पौडेललाई धर्मदर्शन कला -संस्कृति पुरस्कार प्रदान गरिएको छ।

धर्मदर्शन फाउण्डेसनद्वारा देवघाटमा सञ्चालित धर्मदर्शन आश्रम देवघाटधाम चितवनद्वारा पौडेललाई ५१ हजार राशी रहेको उक्त पुरस्कार प्रदान गरिएको हो।

फाउण्डेसनको प्रथम वार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा उनी सम्मानित भएकी हुन् । आश्रमका अध्यक्ष अन्तर्राष्ट्रिय कथाव्यास १८ महापुराण प्रवक्ता पण्डित  कुबेर सुवेदीले पौडेललाई नगदसहितको सम्मान गरेका हुन् ।

कला र गलाद्वारा विश्वभर छाउन सफल, बाल्यकालदेखि नै सामवेद सङ्गीत गायनलाई रागकर्ताजुर्नोभुत अर्जुनले राग आलाप गरेजसरी नै गायनको माध्यमबाट ‘इन्डियन आइडल रियालिटी सो’ मा सर्वोकृष्ट १० औँ स्थान प्राप्त गर्न सफल भए पनि प्रथम स्थानकै प्रतिभा प्रष्फुटन भएको र उस्तै सम्मान तथा प्रशंसा प्राप्त गर्न सफल भएकोमा यस पटक गायिका पौडेललाई यो पुरस्कार प्रदान गरिएको धर्मदर्शन फाउण्डेसन सचिवालयले जनाएको छ ।

  • प्रकाशित मिति : साउन १२, २०८१, शनिवार २२:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८