• साउन ४, २०८२, आइतवार Sunday, 20 July, 2025

बैंक दर सस्तो बनाउने राष्ट्र बैंकको घोषणा

  • खबरदाता

बैंक दर सस्तो बनाउने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दरलाई सस्तो बनाएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक बैंक दर र नीतितगत दर दुवै सस्तो बनाइएको घोषणा गरेका हुन् ।

गभर्नर अधिकारीले हाल कायम नीतिगत दर ५.५ प्रतिशतलाई ५ प्रतिशतमा झारिएको जानकारी दिए । उनले बैंक दर पनि ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको घोषणा गरेका छन् ।

अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउन मौद्रिक नीतिले आवश्यक व्यवस्था गरेको बताएका छन् । शिथिल निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति ल्याइएको उनले बताएका छन् ।

  • प्रकाशित मिति : साउन ११, २०८१, शुक्रवार १३:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८