• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

भारतले नेपाललाइ दियो १७९ रनको लक्ष्य, सिफालीले बनाइन् अर्धशतक

  • खबरदाता

भारतले नेपाललाइ दियो १७९ रनको लक्ष्य, सिफालीले बनाइन् अर्धशतक

काठमाडौं । सिफाली वर्माको अर्धशतकप्रेरित भारतले एसीसी एसिया कपमा नेपाललाई १७९ रनको लक्ष्य दिएको छ । श्रीलंकाको धमुल्लामा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको हो ।

भारतकी ओपनर सिफालीले एक रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले चार बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन प्रहार गरिन् ।

जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।

नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो ।

महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको भारतविरुद्ध नेपालले समूह चरणको अन्तिम खेल खेलिरहेको हो ।

समूह ‘ए’बाट भारत यसअघिका दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समान खेलबाट दुई अंकको नेपाललाई भने सेमिफाइनल सम्भावना कायम राख्न आज जितको दबाब छ ।

भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध ७८ रनको जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

  • प्रकाशित मिति : साउन ८, २०८१, मंगलवार २१:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८