• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मनसुनजन्य विपद्‌का कारण १३१ जनाको मृत्यु

  • खबरदाता

मनसुनजन्य विपद्‌का कारण १३१ जनाको मृत्यु

बाढी, पहिरोलगायतका विपद्मा परी मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विपद्मा परी एक सय ४४ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ। बाढी पहिरामा परी कोसी र बागमतीमा दुईरदुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकरएकगरी नौ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य जारी छ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। पाँच सय ९४ वटा पशु चौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन्।

  • प्रकाशित मिति : साउन ८, २०८१, मंगलवार ०७:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८