• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन्

  • खबरदाता

जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन्

काठमाडौं- आफूले बोल्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् बैठकमा नदेखेपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रिसाएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको प्रतिनिधिसभाको बैठकलाई नेपालले सम्बोधन गरेका हुन्।

सम्बोधनको सुरुमै आफूले प्रधानमन्त्री ओलीलाई संसद्‍मा नदेखेपछि अरुको कुरा सुन्ने धैर्यता देखाउन नेपालले भने । ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले ओलीलाई बधाईसमेत दिए । ‘ओली अहिले संसद् हलबाट बेपत्ता हुनुभयो । उहाँको उपस्थिति यहाँ आवश्यक थियो । तर उहाँले अरूका बचन सुन्न आवश्यक नठान्नु भएको होला रु मेरा पनि धुनहरू कर्णप्रिय नै होलान्’, उनले भने ।

नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन् । ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ । बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन् । विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ । अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने ।

नेपालले दुईतिहाइको वाम सरकार ढालेको विषयमा पनि गम्भीर हुन ओ‌लीलाई भने । उनले भने, ‘बहुमतको सरकार किन टिकाउन सक्नु भएन रु’, यसको उत्तर आवश्यक छ ।

  • प्रकाशित मिति : साउन ६, २०८१, आइतवार १६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८