• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

बैंककको एक होटलमा ६ विदेशी मृत फेला

  • खबरदाता

बैंककको एक होटलमा ६ विदेशी मृत फेला

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको एक होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् ।

मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी(अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाइएको हुनसक्ने बताएको छ । तर पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन ।

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिएका छन् । उनले यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने नचाहेको बताए ।

यसअघि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले प्रहरीलाई उद्धृत गर्दै तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो । प्रहरीले उनीहरुलाई विष दिइएको र अनुसन्धान जारी रहेको बताएको छ ।

 

  • प्रकाशित मिति : साउन २, २०८१, बुधवार ०८:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८