• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

सिमलताल दुर्घटना : प्रशासनले सार्वजनिक गर्‍यो दुवै बसका यात्रुको विवरण

  • खबरदाता

सिमलताल दुर्घटना : प्रशासनले सार्वजनिक गर्‍यो दुवै बसका यात्रुको विवरण

सिमलताल बस दुर्घटनामा परेका सबै यात्रुको विवरण खुलेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक विज्ञप्तिमार्फत दुवै बसमा सवार ६५ जनाको विवरण खुलेको जनाएको हो ।

प्रशासनले यात्रुहरूको विवरण पनि सार्वजनिक गरेको छ । वीरगन्जजबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । जसमध्ये गणपति बसमा सवार तीन जना बच्न सफल भएका थिए ।

प्रशासनका अनुसार सोमबारसम्म १४ यात्रु मृत अवस्थामा भेटिएका छन् । उनीहरूमध्ये आठ जनाको पहिचान भएको छ । बाँकी ६ जनाको पहिचान हुन सकेको छैन ।

  • प्रकाशित मिति : असार ३१, २०८१, सोमवार २१:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८