• माघ ८, २०८१, मंगलवार Tuesday, 21 January, 2025

बाढीपहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु

  • खबरदाता

बाढीपहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु

काठमाडौँ– शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार १८ जना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् ।

उनले बाढीपहिरो तथा विपद्जन्य घटनामा परी स्याङ्जामा तीन, तनहुँमा तीन, पर्वतमा दुई, काभ्रेपलाञ्चोकमा दुई, काठमाडौँ, उदयपुर, पाल्पा र दाङमा एक–एक जना गरी १४ जनाको मृत्यु भएको जानकारी दिए ।

भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणी, महाकालीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।

देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : असार २३, २०८१, आइतवार १५:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८