• माघ ८, २०८१, मंगलवार Tuesday, 21 January, 2025

पानीको बहाव बढेपछि गण्डक बाँधका सबै ढोका खोलियो

  • खबरदाता

पानीको बहाव बढेपछि गण्डक बाँधका सबै ढोका खोलियो

पश्चिम नवलपरासी- लगातारको वर्षाको कारण पानीको बहाव बढेपछि नारायणी नदिमा रहेको गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीमा अवस्थित ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको हो ।

गण्डक ब्यारेजका सम्पर्क अधिकारी काशिनाथ हरिजनले दिएको जानकारी अनुसार अहिले नारायणी नदिमा प्रतिसेकेन्ड २ लाख ६० हजार ८ सय क्युसेक पानीको बहाव रहेको छ । पानी बहाव बढ्ने क्रममा छ ।

चितवनको देवघाटमा पानीको बहाव चार लाख क्युसेक पुगेको जनाइएको छ । जसका कारण गण्डक ब्यारेजका सबै ढोला खोलेर तटिय क्षेत्रमा सर्तकता अनपाइएको छ । ब्यारेजका संरचना पुरानो भएकाले ३ लाख क्युसेक भन्दा बढी पानीको बहाव पुगेपछि खतराको संकेत मान्ने गरिन्छ ।

गण्डक बाँध पुरानो हुँदै गएका कारण यसको संरचना जीर्ण बन्दै गएको छ । निर्माणको समयमा गण्डक ब्यारेजको बहाव क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ५ लाख क्युसेक प्रतिसेकेन्ड सम्म बाढिको बहाव बहन गर्न सक्ने अनुमान गरिएको छ ।

नारायणी नदीमा बाढि आउँदा गण्डक बाँध पश्चिमका, पश्चिम नवलपरासीका २२ ओटा गाँउ जोखिममा पर्दछन् । पानीको बहाव बढ्ने क्रममा रहेकाले सर्तकता अपनाउन नदी तटिय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको स्थानिय प्रशासनले जनाएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन ओटै सुरक्षा निकायको टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिए ।

  • प्रकाशित मिति : असार २२, २०८१, शनिवार २०:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८