शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको हो ।
काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात ठप्प छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८