• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

  • खबरदाता

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ ।

निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनका लागि माइकल मेरिनोले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको अन्त्यतिर स्पेनका ड्यानी कार्भाहालले दोहोरो पहेँलो कार्ड पाएर मैदान छाडेका थिए ।

त्यसअघि खेलको ५१ औं मिनेटमा स्पेनका लागि दानी ओल्मोले गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रता स्पेनले जोगाउन सकेन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले खेलको ८९ औं मिनेटमा गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याएका थिए ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो । यता राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गरेको जर्मनीको यात्रा क्वाटरफाइनलमै सिमित बनेको छ ।

यस युरोकपका स्पेन प्रमुख उपाधि दाबेदार टोली हो । स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ ।स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

  • प्रकाशित मिति : असार २२, २०८१, शनिवार ०५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८