• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • खबरदाता

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्ण बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा रहेको विभागले जनाएको छ । जसका कारण भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हो ।

 

  • प्रकाशित मिति : असार २१, २०८१, शुक्रवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८