• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु , एक जना बेपत्ता

  • खबरदाता

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु , एक जना बेपत्ता

गुल्मी- गुल्मीमा पहिरोमा पुरिएर चार जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए  ।

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सिता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष दिपक भण्डारीले बताउनुभयो । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए  । घटनास्थलमा उद्धारका लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली घटनास्थलमा पुगेका छन् ।

गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो । पहिरोले पुरेको बारे जानकारी आज बिहान मात्रै प्राप्त भएको थियो ।

  • प्रकाशित मिति : असार १५, २०८१, शनिवार ०९:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८