• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आज रास्वपाको दोस्रो स्थापना दिवस

  • खबरदाता

आज रास्वपाको दोस्रो स्थापना दिवस

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज असार ७ गते आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ ।

स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइ चियापान कार्यक्रम गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।

कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीलगायतलाई आमन्त्रण गरेको छ।

  • प्रकाशित मिति : असार ७, २०८१, शुक्रवार ०९:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८