• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने

  • खबरदाता

मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने

मनकामना केबलकार ५० दिनको लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भार गर्नु भएकाले ५० दिनको लागि बन्द गर्नुपरेको मनकामना केबलकारका नायव महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिए  ।

उनका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गतेदेखि असोज १० गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केबलकारले आज शुक्रबार एक सूचना जारी गर्दै एक महिना अगाडी नै सुचना निकालेर यात्रुलाई अबगत गराएको हो ।

२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई मध्येनजर गर्दै १ महिना अगाडी सूचना जारी गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । साथै दर्शनर्थीलाई परेको असुबिधा प्रति क्षमायोचना समेत गरेको छ ।

  • प्रकाशित मिति : असार २, २०८१, आइतवार ०९:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८