• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

आज भारत लोकसभाको अन्तिम चरणको मतदान

  • खबरदाता

आज भारत लोकसभाको अन्तिम चरणको मतदान

काठमाडौं – भारतमा आज सातौं चरणको मतदान हुँदैछ। भारत लोकसभाको शनिबार अन्तिम अर्थात् सातौ चरणको मतदान हुन लागेको हो। शनिबार ८ राज्यका ५७ सिटका लागि मतदान हुन लागेको हो। अन्तिम तथा सातौं चरणको मतदान बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि हुन लागेको हो।

यसअघि छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भएको थियो।

भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान भएको थियो।

अप्रिल १९, २६, मे ७, १३, २० र २५ तारिखमा गरेर भारतमा यसअघि छैठौ चरणको चुनाव सकिएको हो।

पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ। उच्च गर्मीका कारण मतदान प्रभावित हुने देखिएको मौसम पूर्वानुमान विभागले जनाएको छ। अहिलेसम्म गर्मीका कारण भारतको बिहार र ओडिसामा मात्र १८ जनाले ज्यान गुमाएका छन्।

  • प्रकाशित मिति : जेठ १९, २०८१, शनिवार ०६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८