चितवन- चितवनमा विद्यार्थी लिन गएको बसमाथि अज्ञात समूहले आगजनी गरेको छ।
चितवनको ददेरीस्थित कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठको लिटिल एन्जल्स ग्रुप अन्तर्गत पर्ने स्माल हेवेन स्कुलको बसमा आगजनी भएको हो।
बस स्कुलदेखि करिब सात किलोमिटर टाढा आइतबार बिहान करपिब ८ बजेतिर विद्यार्थी लिन गएको थियो। सोही क्रममा बसमाथि अज्ञात समूहले आगजनी गरेको हो।
आगजनीबाट बसमा पूर्णरूपमा क्षति भएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८