• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

एकीकृत समाजवादीले भन्यो– संसदीय दल एकताबद्ध छ

  • खबरदाता

एकीकृत समाजवादीले भन्यो– संसदीय दल एकताबद्ध छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको संसदीय दलको बैठकले कानुन निर्माणको प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय पनि गरेको छ ।

“बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने, संसद्को आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको छ,” प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलत रहेको समेत जनाएको छ । “संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिवद्धता व्यक्त गरेको छ,” चौधरीले विज्ञप्तिमा भनेका छन् ।

 

  • प्रकाशित मिति : वैशाख २४, २०८१, सोमवार १९:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८