• जेठ ४, २०८१, शुक्रवार Friday, 17 May, 2024

घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’

  • खबरदाता

घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’

काठमाडौं । देशका अधिकांश स्थानमा चैतयता उच्च बनेको वायु प्रदूषण अझै घटेको छैन । वातावरण विभागको पछिल्लो २४ घण्टाको सूचकांकमा काठमाडौं सबैभन्दा बढी प्रदूषित देखिएको छ ।

विभागका अनुसार, काठमाडौंमा बुधबार २४ घण्टाको औसत एक्यूआई १९५ थियो । सोही अवधिमा भरतपुरको एक्यूआई १८८ थियो । काठमाडौं, भरतपुर र पोखरामा वायु प्रदूषण बिहीबार पनि उच्च छ।

वातावरण विभागको रेकर्डमा बिहीबार बिहान १०ः३० बजे ती क्षेत्रको एक्यूआई १६३ देखि १८५ सम्म छ । विश्व स्वास्थ्य संगठनका अनुसार, एक्यूआई १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।

  • प्रकाशित मिति : वैशाख २०, २०८१, बिहीवार १३:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८