• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इलाममा ४३ प्रतिशत मत खस्यो

  • खबरदाता

इलाममा ४३ प्रतिशत मत खस्यो

वैशाख १५, २०८१, शनिवार

 

इलाम-इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ।

कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५ प्रतिशत कट्ने आँकलन गरिएको छ ।

बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

इलाम-२ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि आज उपनिर्वाचन भएको हो ।

  • प्रकाशित मिति : वैशाख १५, २०८१, शनिवार १५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८