• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैनः गगन थापा

  • खबरदाता

कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैनः गगन थापा

वैशाख ३, २०८१, सोमवार

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन्।

सोमबार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए।

उनले ०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्नु नहुने उल्लेख गरे। उनले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरुलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए।

उनले भने, ‘२०८१ साल एक वर्ष नेपाली कांग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस्। बालुवाटार आयो कि आँखा चिम्म गरेर अघि गइहाल्ने, महाराजगञ्जतिर गइहाल्ने। हेर्दै नहेर्ने। सिंहदरबारतिर पनि हेर्दै नहेर्ने। एक वर्ष ०८१ माओवादी, एमाले साथीहरु मिलेर सरकार चलाउनुस्।’

उनले सरकारमा नयाँ आएकाहरुले कांग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्नेजस्ता भ्रम छरिरहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए।

उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताए।

  • प्रकाशित मिति : वैशाख ३, २०८१, सोमवार १९:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८