• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

डोल्पामा फेरि डढेलोमा परी तीन बालक गम्भीर घाइते

  • खबरदाता

डोल्पामा फेरि डढेलोमा परी तीन बालक गम्भीर घाइते

चैत २९, २०८०, बिहीवार

चितवन । डोल्पामा डढेलोमा परेर फेरि तीनजना बालक गम्भीर घाइते भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालक घाइते भएका हुन् ।

च्याउ टिप्न वनमा गएका १३ वर्ष मुनिका तीनजना डढेलोमा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

‘उनीहरू गम्भीर घाइते भएका छन् । हामीले जिल्ला अस्पालत दुनैमा उपचारका लागि राखेका छौँ । थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाएका छौँ । तर, आउन सकेको छैन्,’ डीएसपी केसीले भने ।

यसअघि सोमबार दुनैमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका तीनजना सैनिक जवानको उपचारका क्रममा निधन भएको थियो ।

  • प्रकाशित मिति : चैत २९, २०८०, बिहीवार २०:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८