• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आज इद पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

  • खबरदाता

आज इद पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

चैत २९, २०८०, बिहीवार

इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) मनाउँदै छन्।

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘ईद–उल–फित्र’ मनाउन लागेका हुन्।

केही मुस्लिमले ‘ईद-उल-फित्र’को नमाज मस्जिदमा त केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो।

यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् ।

यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन्।

ईद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्।

सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।

  • प्रकाशित मिति : चैत २९, २०८०, बिहीवार ०७:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८