• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

वाइडबडी विमान खरिदमा ‘भ्रष्टाचार’, यी हुन् प्रतिवादी

  • खबरदाता

वाइडबडी विमान खरिदमा ‘भ्रष्टाचार’, यी हुन् प्रतिवादी

चैत २२, २०८०, बिहीवार

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै विभिन्न व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका विदेशी नागरिकसहित २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं हुल्ला क्षेत्र नम्बर–१ ९२० बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य (पूर्वमुख्यमन्त्री) जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सचिव एवं निगमको सञ्चालक समितिको अध्यक्ष पदमा कार्यरत रही हाल सेवानिवृत्त शंकरप्रसाद अधिकारीलगायत व्यक्तिलाई प्रतिवादी बनाएको छ ।

यस्तै, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं निगमको सञ्चालक समितिको सदस्य पदमा कार्यरत रही हाल सेवानिवृत्त शिशिरकुमार ढुंगाना, निगमको तत्कालीन सञ्चालक समिति सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछाने, निगमको तत्कालीन सञ्चालक समिति सदस्य पदमा कार्यरत रही हाल सेवानिवृत्त टेकनाथ आचार्य, निगमको तत्कालीन सञ्चालक समिति सदस्य निमानुरु शेर्पालाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले प्रतिवादी बनाइएकामा निगमको तत्कालीन सञ्चालक समिति सदस्य मुक्तिराम पाण्डे, निगमको तत्कालीन सञ्चालक समिति सदस्य एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्यमा कार्यरत अच्युतराज पहाडी, निगमको तत्कालीन सञ्चालक समिति सदस्य एवं सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला, निगमको तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, निगमको तत्कालीन नायब महाप्रबन्धक गणेशबहादुर चन्द, निगमको तत्कालीन निर्देशक कर्णबहादुर थापा, निगमको तत्कालीन निमित्त निर्देशक एवं हाल निगमकै वरिष्ठ क्याप्टेन सुवास रिजाल, निगमको तत्कालीन निर्देशक प्रभाशकुमार कर्माचार्यलाई छन् ।

यसैगरी, निगमका तत्कालीन निर्देशक एवं हाल नायब महाप्रबन्धक जनकराज कालाखेती, निगमका तत्कालीन निर्देशक रामहरि शर्मा सेढाईं, निगमका तत्कालीन निमित्त निर्देशक एवं हाल निगमकै वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, निगमका तत्कालीन कामु निर्देशक रवीन्द्र श्रेष्ठ, निगमका तत्कालीन कामु निर्देशक एवं हालका निर्देशक उपेन्द्र पौडेल, निगमका तत्कालीन निमित्त निर्देशक एवं हालका निर्देशक वरिष्ठ क्याप्टेन श्रवण रिजाल, निगमका तत्कालीन उपनिर्देशक पारस पौडेल, निगमका तत्कालीन निमित्त उपनिर्देशक एवं हालका निर्देशक उमेश पौडेल, निगमका तत्कालीन निमित्त उपनिर्देशक एवं हालका उपनिर्देशक बृहतमान तुलाधरलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले उनीहरूबाहेक विदेशी कम्पनी र व्यक्तिहरूलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । विदेशीहरूमा अमेरिकाको एएआर इन्टरनेसनल इन्कका तत्कालीन अध्यक्ष दीपक शर्मा, जर्मन एभिएसन क्यापिटलका तत्कालीन प्रतिनिधि एवं जर्मन नागरिक क्रिस्टियन नुयलेन, जर्मन एभियसन क्यापिटलका तत्कालीन फाइनान्स डाइरेक्टर ओलेज क्यालिस्ट्रु, एम÷एस एएआर इन्टरनेसनलका अध्यक्ष जोन एम होल्म्स, जर्मन एभिएसन क्यापिटलका मुख्य व्यक्ति अना टोपा, हाइफाई ट्रान्सपोर्टका मुख्य व्यक्ति पाओलो मिरपुरी, हाइफाई एक्स आयरल्यान्ड लिमिटेडका निर्देशक जेराल्ड थर्नटोन, हाइफाई एक्सकै नर्टन रोज, सोही कम्पनीका मार्कस ¥याडब्रच र राल्फ स्प्रिङ्गरलाई प्रतिवादी बनाएको छ ।

अख्तियारले आपूर्तिकर्ता कम्पनीहरू एएआर इन्टरनेसनल इन्क, जर्मन एभिएसन क्यापिटल, हाइफाई ट्रान्सपोर्ट एरेओस् र हाइफाई एक्स आयरल्यान्ड लिमिटेडलाई प्रतिवादी बनाएको छ । उनीहरू सबैजनाविरुद्ध जनही एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

  • प्रकाशित मिति : चैत २२, २०८०, बिहीवार १६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८