• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो, एक जना अझै बेपत्ता

  • खबरदाता

अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो, एक जना अझै बेपत्ता

चैत १७, २०८०, शनिवार

काठमाडौबाट गोरखा जाँदै गरेको ट्याक्सि दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ।

प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा न.पा.७ बस्ने बर्ष ३५ को अर्जुन शिर्मल रहेका छन। यस्तै ट्याक्सीमा सवार गोर्खा न।पा। ७ बस्ने बर्ष ४१ की हरिमायां रोकाय सोही स्थान बस्ने बर्ष ७० की जुनकिरी रोकाय ,बर्ष २८ की अन्जना रोकाय र बर्ष ९ को बालक आगमन नगरकोटी रहेका छन।

ट्याक्सिमै सवार गोरखा न.पा.७ बस्ने बर्ष १८ को दिवश रोकाय भने हाल सम्म फेला पर्न सकेका छैनन। उनको खोजतलास भइरहेको छ।

काठमाडौबाट गोरखा जादै गरेको बा २ ज नम्बरको ट्याक्सि आज बिहान ७ बजेको समयमा चितवनको इच्छाकामना -५ स्थिति सिमलधारा सडकबाट त्रिशुली नदिमा खसेको थियो।

  • प्रकाशित मिति : चैत १७, २०८०, शनिवार ०९:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८