• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

चैत्र १७ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

चैत्र १७ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

चैत १७, २०८०, शनिवार

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १७ गते तद्अनुसार सन् २०२४ मार्च ३० तारिख शनिबार चैत्र कृष्ण पञ्चमी तिथि अनुराधा नक्षत्र सिद्ध योग गर करण आनन्दादिमा अमृत योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा भयो र सूर्यास्त साँझ १८ः२० मा हुनेछ ।

आजको राशिफल

मेष – रोकिएका काम बन्ने र दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउला । सुखद यात्राको योग पनि छ । अनुकूलता वृद्धि भइ मन उत्साहित रहनेछ । इष्टमित्रको साथ(सहयोग प्राप्त हुने र आमोदप्रमोदमा रम्ने माहोल पैदा हुनेछ ।

वृष – दिन शुभदायी छ । आम्दानी बढ्नेछ भने विभिन्न भौतिक साधन जुट्नेछन् । विभिन्न अवसरले पछ्याउने योग छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । दाम्पत्य जीवन रमाइलो रहला । आँट वृद्धि हुनेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन केही चुनौतीयुक्त रहन सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला, सावधान रहनुहोस् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । तथापि, शत्रुमाथि विजय प्राप्त हुने योग छ । विवेकले काम गर्नेछ ।

कर्कट – समय खासै अनुकुल नभएकोले आजको दिन बाध्यतापूर्ण काममा बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्ने योग भएकोले विशेष सजगताको खाँचो छ । नजिकका साथीभाइ टाढिन सक्छन् । आफन्तहरू पनि टाढिएको अनुभूति हुन सक्छ । तथापि, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । सन्तानसुख बढ्ला । रसराग, खेलकुद र भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

सिंह – सहयोगीहरू जुट्नाले काममा उत्साह थपिने दिन छ । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । मान प्रतिष्ठा कमाउने बेला छ । राजनीति तथा सामाजिक कार्यमा सक्रिय व्यक्तिका लागि प्रसिद्धि बढ्ने योग छ । खर्च भने केह िवृद्धि हुनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या – आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । रोकिएका काम बन्नेछन् । पराक्रम वृद्धि हुनेछ भने यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ एवम् आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति भइ सोचेजति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछ । हतारको निर्णयले धोका हुन सक्छ, काममा सचेत रही निर्णय गर्नुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर हुनेछ । पारिवारिक सुख रहनुका साथै मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – बौद्धिक कार्यबाट धनलाभ हुने समय छ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् भने रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काममा पाइला बढाउनु लाभकारी सावित हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने योग पनि छ । आरोग्यता रहनेछ ।

धनु – समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । सहयोगीहरूले साथ र हौसला दिने समय छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । प्रेमभाव वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – आजको दिन खासै उत्साहजनक नरहन सक्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्ने योग रहेकोले विशेष सावधान रहनु उचित हुनेछ । व्यापार(व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । प्रयत्न गर्दा अरूको मन जितेर अवसर हात पार्न सकिनेछ, ध्यान राख्नुहोला । परिवारिक सुख र आफन्तको साथ मिल्नेछ ।

कुम्भ – कर्मबल बढ्नेछ तर सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्ने हुँदा विशेष सावधानी अपनाउनु उचित हुनेछ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ला । घरायसी समस्याले पनि सताउन सक्छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने योग छ । रचनात्मक कार्य बन्ने देखिन्छ ।

मीन – लेनदेनमा विवाद एवम् व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले मात्र बन्नेछन् भने खर्च वृद्धि र पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने योग रहेकोले विशेष सावधान रहनु हितकर होला । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

  • प्रकाशित मिति : चैत १७, २०८०, शनिवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८